आनन्दवन टोल विकास संस्थाको अध्यक्षमा भण्डारी

प्रकाशित मिति:

तिलोत्तमा, असार ४ । तिलोत्तमा नगरपालीका वडा न ६ स्थित आनन्दवन टोल विकास संस्थाको साधाराण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनबाट अध्यक्षमा छवी भण्डारी चयन भएका छन् । साथै उपाध्यक्षमा हरि नेपाल, सचिवमा अप्सना तिवारी, कोषाध्यक्षमा विष्णु अर्याल चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा जगनाथ खनाल, गोविन्द चापागाईं, सुनिता पाण्डे भुषाल, बन्दना पोखरेल, रन बहादुर सलामी, पार्वती श्रेष्ठ रहेका छन् । १५ सदस्यीय नयां समितीलाई प्रमुख अतिथी वडा न ६ का अध्यक्ष गणेश पाठकले बधाई दिंदै सपथ ग्रहण गराएका थिए । उनले हालै सम्पन्न निर्वाचनबाट चुनिएका जनप्रतिनिधीलाई अघि बढ्न टोल विकास संस्थाहरुको सहयोग अपरिहार्य चाहीने बताए । उनले नवगठित कार्यसमितीले टोल विकासका लागि उठाउने एजेण्डामा सहकार्य गरी टोललाई नमुना बनाउन वडाले साथ दिने बताए । टोल समितीले कसैलाई पनि काखापाखा नगरी स्थानियको उल्लेख्य सहभागिता र सल्लाहमा विकासोन्मुख कार्यक्रम गर्नुपर्ने बताए ।

उक्त कार्यक्रममा वडा न छ का अन्य जनप्रतिनिधी, नगरपालीकाको कार्यपालीका सदस्य नरबहादुर छन्त्याल, नगरपालीकाको सामाजिक शाखा प्रमुख अल्पा घिमिरे, नेपाली कांग्रेस वडा न ६ का सभापति युवराज भण्डारी, नेकपा एमालेका नेता एकादेव पाण्डे, नेकपा एकीकृत माओवादीका अनिल चापागाई लगायतकले शुभकामना तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उक्त टोलका पुर्व अध्यक्ष सुर्य खनाल रहेका थिए ।