पाण्डबखानी स्वास्थ चौकीलाइ नगरपालिकाद्धारा एक ल्याब उपलब्ध ।

प्रकाशित मिति:

सुरेश छन्त्याल-पाण्डबखानी- स्थानीय श्रोतको उपभोग, स्वामित्व र सहभागीता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता, पुर्ण खोप सुरक्षित भविष्य वडा स्तरीय खोप कार्यक्रमको समीक्षा खोप कार्यक्रमको सुदृढीकरण र पुर्ण खोप घोषणा तथा दिगोपनाको योजना तयारी बैठक सम्पन्न भएको छ। कार्यक्रममा पाण्डबखानी स्वास्थ्य चौकीकी अनमि प्रतिमा पुनले खोपको परिभाषा, खोप भनेको के हो, खोप किन आवश्यक छ, खोप किन महत्त्व छ र भ्याक्सिनको बारेमा प्रकाश पार्नु भएको थियो ।

दथअ ९ग्रामीण स्वास्थ सुधार परियोना० बागलुङद्धारा पहुँचदेखि बाहिरबाट आउने दुई सुत्केरी र कुरुवालाई दुई बेड र विस्तरा उपलब्ध गराएको छ, त्यस्तै गलकोट नगरपालिकाद्धारा एक ल्याब उपलब्ध गराएको छ ।गलकोट नगरकार्यपालिका सदस्य राम प्रसाद वि।कले नगरबाट पाउने प्रत्येक महिनाको रकम बापत प्रत्येक सुत्केरीहरुलाइ खर्चको व्यवस्था गर्ने घोषणा गर्नु भयो । कार्यक्रममा नव तथा निवर्तमान जनप्रतिनिधि, महिला स्वास्थ स्वयंसेवीका, शिक्षक, पत्रकार लगाएतको सहभागीता रहेको कार्यक्रमको संचालन स्वास्थ चौकिकि प्रमुख रत्ना सुनारले गर्नेु भएको थियो ।