सुकुम्बासी हल गर्न सैनामैनामा नापी प्रक्रिया सुरु,भुमिहिन दलित प्राथमिकतामा
सुरेश परियार,असार गते- रुपन्देहीको सैनामैना नगरपालिकामा भुमिहिन दलित,सुकुम्बासी तथा अब्यवस्थित बसोबासी समस्या समाधान गर्न आज देखि गृहकार्य सुरु भएको छ । संस्थापक जनप्रतिनिधीले सुकुम्बासी समाधान गर्न राष्ट्रिय भूमि आयोग संग बेलैमा सम्झौता नगर्दा सैनामैनामा सो कार्यले निरन्तरता पाउन सकेको आरोप लगाइएको छ । तर,हालै निर्वाचित सैनामैनाका जनप्रतिनिधीहरुले भने सुकुम्बासी समाधान गर्न पहिलो चरणको प्रक्रियालाई अघि बढाएको बताइएको हो ।
राष्ट्रिय भूमि आयोग रुपन्देही,नापी कार्यालयका कर्मचारी,सैनामैनाका जनप्रतिनिधिहरु,क्रियाशिल राजनितिक दल र स्थानीयहरुको उपस्थितिमा आज देखि नापजाँच प्रक्रिया सुरु भएको छ । सैनामैना वडा न.१ देखि नै नापजाँचको प्रक्रिया अघि बढि सकेको नगरपालिकाले जनाएको छ । कार्यक्रममा राष्ट्रिय भूमि आयोग जिल्ला रुपन्देहीका अध्यक्ष हरि बहादुर आचार्यले आयोग सुकुम्बासी समस्या समाधान गर्ने तर्फ केन्द्रित भएको बताएका छन् । समयमै सम्झौता नगर्दा सैनामैनामा सुकुम्बासी समस्या समाधानका प्रक्रिया बिलम्ब हुन गएको बताउँदै अध्यक्ष आचार्यले बास्तविक भुमिहिन दलित, सुकुम्बासी र अब्यवस्थित बसोबासीलाई पहिचान गरि तथ्यांङ दिन समेत नगरपालिकालाई निर्देशन दिएका छन् ।
उनले भने,सुकुम्बासी र अब्यवस्थित बसोबासीले भन्दा पहिला भुमिहिन दलितले छिटो लालपुर्जा पाउन्छ,त्यसपछि क्रमश सुकुम्बासी र अब्यवस्थित समस्या समाधान हुने दावि प्रक्रट गरे । विगतका सरकारले जस्तो भ्रमको खेति गर्न नजानेको भन्दै यसपटक जनतालाई स्वामित्व हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए । सैनामैना नगरपालिकाका मेयर फणेन्द्र शर्माले सैनामैनाका सुकुम्बासी जनतालाई मालिक बनाएर छाड्ने दृढता ब्यक्त गरेका छन् ।जनताले दिएको अभिमतलाई दुरुपयोग नगर्ने अडान राख्दै लामो समयदेखि प्रमुख समस्याकै रुपमा रहेको सुकुम्बासी समाधान गर्न प्रक्रियालाई सुचारु गरिसकेको कुरा दर्साए ।
राष्ट्रिय भूमि आयोगबाट खटिने प्राविधिक टोली संग सैनामैनाका प्राविधिक टोली,जनप्रतिनिधीको रोहवरमा जग्गा नापजाँच अघि बढेको र यो कार्यमा जनताले पनि सहयोग गर्नुपर्ने आशा मेयर शर्माले लिएका छन् ।कार्यक्रममा राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य बद्रे आलम,सदस्य यमलाल तिवारी,सर्वेक्षक यम प्रसाद पाण्डे लगायतले बोलेका थिए ।नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य राम प्रसाद भट्टराई,नेपाली कांग्रेस सैनामैनाका नगरसभापति रण बहादुर खनाल,नेकपा माओवादी केन्द्रका सैनामैना अध्यक्ष मान बहादुर महत,जसपाका नेता लक्ष्मी शर्मा,कांग्रेस सैनामैना नगरसचिब अर्जुन पौडेल,कांग्रेस सैनामैना वडा न.१का सभापति पुष्पराज सिग्देल,जनप्रतिनिधी मञ्जु परियार,सैनामैना खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष कविराज कुंवर लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सैनामैना नगरपालिका वडा न.१का वडाअध्यक्ष भुवन बहादुर क्षेत्रीको अध्यक्षता तथा राम बहादुर कुवंरको सञ्चालन रहेको थियो ।












