काठमाडौं, असार ६ । सशस्त्र प्रहरीका ३७ जना प्रहरी नायब उपरीक्षक डिएसपी लाई प्रहरी उपरीक्षक एसपीमा बढुवाका लागि सिफारिस गरिएको छ। बढुवा समितिले यही असार ५ गते गरेको निर्णय अनुसार बढुवा सिफारिसमा परेकाहरुको नामावली सशस्त्र प्रहरी बलले सार्वजनिक गरेको हो।
ज्येष्ठताक्रमको पहिलो नम्बरमा टोपबहादुर डाँगी बढुवा सिफारिसमा परेका छन् । त्यसपछि क्रमश: हस्तबहादुर गुरुङ, तुलबहादुर भण्डारी, सुमन थपलिया, जीवन केसी लगायत छन् । बढुवामा चित्त नबुझे ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिमितसमक्ष उजुरी दिन सकिने सशस्त्र प्रहरी बलले जनाएको छ।















