बुटवल उपमहानगरको प्रवक्तामा शिव राना

प्रकाशित मिति:

बुटवल । बुटवल उपमहानगरपालिकाको प्रवक्तामा बुटवल–१५ का वडाध्यक्ष शिव राना चयन भएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित उनी बुटवलका १९ वडाध्यक्ष मध्ये कान्छा वडाध्यक्ष हुन् । पहिलोपटक स्थानीय तह निर्वाचनमा उठेका रानाले पहिलो पटकमै सफलता हासिल गरेका हुन् । विभिन्न सामाजिक र खेलकुद संस्थामा समेत आवद्ध रानाले निर्वाचित भएको एक महिना नपुग्दै बुटवल १५ मा निर्माणाधीन २ अर्ब लागतको नेपालकै ठूलो थोक कृषि बजारका लागि ४ वर्षदेखि अड्किएको जग्गा प्राप्तिमा सहमति जुटाएर कुशल नेतृत्व प्रमाणित गरेका छन् ।