नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

प्रकाशित मिति:

रीमा बि.सी.बुटवल, असार ८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूव अर्धवार्षिर्क समीक्षा कार्यक्रम असार ८ गते सम्पन्न गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक रुपन्देहीकाृे आयोजनामा असार ८ गते विभिन्न सरोकारवालाहरुको उपस्थितीमा सन् २०२२ को जनवरीदेखि जुन २० सम्मको अवधिमा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको समीक्षा गरिएको हो ।

वर्ष पुस्तकका लागि सङ्कलित घटनाहरूको बारेमा सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बि.सीले सन् २०२२ को ६ महिनाको अवधिमा जिल्लामा अभिलेख गरिएका घटनाहरुको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस अवधिमा जिल्ला जम्मा २५३ ओटा मानवअधिकार उल्लंघन र ज्यातीका घटनाहरुको विवरण प्रस्तुत गर्नुभएको थियो ।जसमा घरेलु हिंसातर्फ २ सय ११ ओटा,बालअधिकार तर्फ बालिका बलात्कार र यौनदुरव्यवहारमा २१ ओटा महिला अधिकार तर्फ महिला बलात्कार र बलात्कार प्रयासमा १६ ओटा अपहरण तथा शरीर बन्धक एउटा, जवरजस्ती गर्भपतन एउटा, बहुविवाह ३ ओटा, घटना सङ्ककलन गरी सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा संविधान सभा सदस्य तथा अधिकारकर्मी विनोद पहाडीले इन्सेक मानवअधिकारको क्षेत्रमा काम गर्ने अग्रहणी संस्था भएकोले इन्सेकले गरेको अभिलेख कुनै विशेष प्रकारका मुद्दामा पनि तथ्यांकीय हिसाबले सहज भएको बताउनुभयो । उहाँले मानवअधिकार संस्कृतिको विकास नभएसम्म मानवअधिकारको प्रत्याभूत नहुने भएकोले सो विषयमा राज्य नै जिम्मेवारी भएको बताउदै इन्सेकले कतिपय प्रेम गरेका कारण पनि अपराधी बन्नु परेका घटनाका विषयमा इन्सेक जस्तो संस्थाले बोल्नुपर्ने बताउनुभयो ।कार्यक्रममा इलाका प्रशासन कार्यालय बुटवलका प्रशाशकीय अधिकृत धुव्र नेपालले आम नागरीकलाई मानव अधिकारको संरक्षण र सम्बद्र्धन र परिपूर्ति गर्ने कार्य राज्यको भएकोले सो विषयमा आफुहरु संवेदनशिल भएर अगाडी बढेको र मानवअधिकारमैत्री वातावरण कसरी बनाउन सकिन्छ भन्ने विषयमा क्रमिक रुपले सुधार गर्दे लगेको बताउनुभयो ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठग बहादुर केसीले नागरिकको शान्तिसुरक्षा मानवअधिकारको संरक्षण र सम्वद्र्धन गर्ने कार्य राज्यको भएकोले यो विषयमा आफुहरु सक्रिय भएर लागि परेको बताउनुभयो । राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरू नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताउनुभयो ।
नेपाली काँग्रेस बुटवल नगरका सचिव ज्योति भण्डारीले इन्सेकले अभिलेखीकरण गर्ने तथ्यांकहरु तथ्यपरक भएकोले यसलाई निरन्तरता दिन र मानवअधिकार संस्कृतिको विकास गर्नका लागि आफ्नो पार्टीले सधै सहकार्य गर्ने बताउनुभयो ।कार्यक्रममा नेकपा माओवादी केन्द्र बुटवलका इन्चार्ज पुष्पराज ढकालले इन्सेकले मानव अधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दे आएको र यसले नेपाल भरीको मानवअधिकारको अवस्थालाई सरोकारवाला निकायसँग छलफल गर्दे गर्दा पछिल्लो समयमा महिला र बालिकामाथि हुने विभिन्न खालका हिंसाहरु के कारणले बढेका होलान सो विषयमा अध्ययन गर्न इन्सेकलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका मानवअधिकार अधिकृत इन्द्रजीत सहानीले नेपालमा आउने दुई ओटा रिपोर्टहरुमध्ये नेपाली क्यालेन्डरको प्रतिवेदन राष्टियमानवअधिकार आयोगले सार्वजनिक गर्छ र अंग्रेजी क्यालेन्डर अनुसार इन्सेकले सार्वजनिक गर्ने प्रतिवेदन दुवै महत्वपूर्ण रहेको बताउनुभयो । इन्सेकले गरेका सबै अभिलेखहरु महत्वपूर्ण भएको भन्दै आप्रवासीहरुको अधिकारको सन्दर्भमा पनि अभिलेख राख्न इन्सेकलाई आग्रह गर्नुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले इन्सेकले मानवअधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दे आइरहेकोले नागरिकसँग प्रत्यक्ष जोडिएका विषयहरु शिक्षा, स्वास्थ्य,खाद्य र आवासको अधिकारमा समेत इन्सेकले काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा लेखक विश्लेश्षक अधिवक्ता युवराज कंडेलले मानवअधिकारको सवालमा सबै विषयको छुट्टा छुट्टै अवस्थाको तथ्यांक प्रस्तुत गरेकोमा इन्सेकलाई धन्यवाद दिदै वातावरणको अधिकारको अवस्थाका विषयमा समेत अभिलेख गरेकामा खुशी व्यक्त गर्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य जस्ता विषयमा राज्यको संवेदनशिलता नभएकोले त्यसको विषयमा इन्सेकले अझ वढी अनुगमन गरेर सम्बन्धित निकायलाई जवाफदेही बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका रुपनदेही अध्यक्ष डिवि खनालले मानवअधिकारका घटनाहरु अभिलेख गर्दा स्रोतलाई खुलाएर लेख्दा यसको प्रभावकारिता बढने सुझाव दिनुभयो । कार्यक्रममा अपाङ्खता भएका व्यक्तिहरुको अधिकारको अवस्थाका विषयमा पनि अवस्था विश्लेषण गरेकोमा इन्सेकलाई धन्यवाद दिदै तीनै तहका सरकारलाई जिम्मेवारी गराउने खालका कार्यक्रमहरु संचालन गर्न इन्सेकलाई आग्रह गर्नुभयो । समीक्षा कार्यक्रममा २७ जना विभिन्न क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।