प्रकाश न्यौपाने
असार १० गते
नवलपरासी । पश्चिम नवलपरासीमा आज मूल्यवृद्धिको चर्को बिरोध भएको छ ।नवलपरासीको बर्दघाटमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी र अनेरास्वबियु नवलपरासी को संयुक्त आयोजना मा विरोध प्रदर्शनसहित आधा घण्टा चक्काजाम समेत गरेको छ ।
विरोध कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपाल का केन्द्रीय सदस्य युबराज डुम्रेले निगमभित्र भएका भ्रष्टाचार, चुहावट, मनलाग्दी कर्मचारी भर्ना, खरिद बिक्रीमा हुने ठूला अनियमितता लाई अब पनि निराकरण नगर्ने हो भने जनता चुप लागेर नबस्ने बताउनु भयो । प्रत्येक हप्ता भएको मुल्य वृद्धिले जनताको ढाड सेक्ने भन्दा पनि अब निगम लाइ चुस्त दुरुस्त राखी मुल्य वृद्धि तत्काल खारेजी गर्नुपर्ने बताउदै मूल्य वृद्धि फिर्ता नभए थप आन्दोलनका कार्यक्रम तय गरिने बताउनु भयो।
त्यस्तै कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका जिल्ला संयोजक राम बहादुर भण्डारीले गठ बन्धन सरकारले आफुहरुको स्वार्थको लागि गरिएको मुल्य वृद्धिले जनताको ढाड सेकिएको बताउदै मुल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्नु भयो ।
केहि समय देखी लगातार बढिरहेको पेट्रोलियम पदार्थको मुल्यले जनतामा एक प्रकारको आक्रोश उत्पन्न हुनुका साथै सरकार नै कमजोर साबित भएको हुदा गठ बन्धन सरकार ले तुरुन्त राजीनामा दिनु पर्ने बताउनु भयो । सोही अबसर मा अनेरास्ववियु का जिल्ला अध्यक्ष निरज पौडेललगायतले बोलेका थिए ।
विरोध सभामा सहभागीले मूल्यवृद्धि खारेज गर, जनतालाई क्षति भो, मूल्यवृद्धि अति भो, गठबन्धन सरकार राजीनामा दे, प्रधानमन्त्री देउवा राजिनामा दे, लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।प्रदर्शन पछि को कोण सभा मा प्रधानमन्त्री शेर बहादुर देउवाको तस्बिर समेत जलाएका छन।












