प्रकाश न्यौपाने/असार १२ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाद्रारा पाठ्यपुस्तक को मस्यौदा प्रस्तुति तथा सुझाव संकलन सम्पन्न गरिएको छ ।
कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरभित्र रहेका सम्पुर्ण सामुदायिक बिद्यालय र सस्थागत विद्यालायलाई सङ्सगै अगाडि बढाउन स्थानीय पाठ्यक्रमले सहयोग गर्ने बताउनु भयो । स्थानीय पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक मस्यौदामा सुझाव संकलन गर्दै सुझावहरुलाई समाबेश गरि नगरपालिका अगाडि बढ्ने बताउदै उहाले पाठ्यपुस्तक समय अनुकुल परिस्कृत गर्दै लगिने बताउनु भयो । कार्यक्रममा नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगर भित्र रहेका बिषय बस्तु मात्र पाठ्यपुस्तकमा समाबेश गरिने हुदा बालबालिकाहरुले नगरको बस्तुस्थितीका बारेमा जानकारी लिन सहज हुने बताउनु भयो । स्थानीय बिषयको पाठ्यक्रम २०७७ मा आधारित रहेर हाम्रो बर्दघाट नामक पाठ्यपुस्तकको मस्यौदा माथी कक्षा ४, ५, ७ र ८ कक्षाको पाठ्यपुस्तकको मस्यौदा माथी सुझाव संकलन गरिएको बर्दघाट नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताउनु भयो ।
कार्यक्रममा सस्थागत बिधालयबाट प्याब्सनका केन्द्रिय सचिब सुर्वण न्यौपाने, सामुदायिक बिधालायको तर्फबाट दाउन्नेदेवी मा.बि.का प्रध्यानाध्यापक चिरञ्जीवी खनाल, लेखक समुहबाट शालिकराम पौड्याल, नगरका प्रमुख प्रसासकिय अधिकृत मेघनाथ पाध्यलगायतले बोल्नु भएको थियो । पाठ्यपुस्तक धनश्याम न्यौपाने, सालिकराम पौड्याल, प्रेमप्रसाद तिवारी र शेषकान्त पौडेलले लेख्नु भएको हो । कार्यक्रममा बर्दघाट नगरपालिका भित्र रहेका सामुदायिक बिधालय र सस्थागत विद्यालयहरुका प्रमुख एव प्रतिनिधि हरुको उपस्तिथि रहेको थियो ।













