बुटवलकाे कन्सेप्ट क्लब बाट BS-4 माेडलकाे Tvs Apache RTR 160 4V RTFI काे लन्चिङ्ग हुँदै।
बुटवल
असार १७ गते
जगदम्बा मोटर्सले असार १७ गते द कन्सेप्ट क्लब एंड पब कालिकानगर बाट औपचारिक समारोह मार्फत BS-VI मोडलको नयाँ TVS Apache RTR 160 4V RTFI सार्वजनिक गर्न लागेकाे हाे। साे कार्यक्रममाकाे प्रस्तुति दिनकाे लागि लोकप्रिय नेपाली गायक अनिल सिंघ बुटवलमा आई सकेका छन।
TVS Apache RTR 160 4V RTFI नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको मोटरसाइकल हो जसमा 3 राइड मोडहरू (रेन, अर्बन र स्पोर्ट) जस्ता यस वर्गकै पहिलो र उत्कृष्ट फिचरहर छन् जसले सवारहरूलाई कुनै पनि सवारी परिस्थितिमा अनुकूल बनाउन सजिलो बनाउँछन् । यस मोटरसाइकलले स्पोर्ट मोडमा 17.55PS @ 9250rpm र अर्बन र रेन मोडमा 15.64PS @8600rpm पावर उत्पादन गर्दछ। त्यस्तै, यसले स्पोर्ट्स मोडमा 14.73Nm @ 7250rpm र अर्बन र रेन मोडमा 14.14Nm @ 7250 rpm टर्क उत्पादन गर्दछ। राइड मोडहरूले पावर र ABS सेटिङलाई कुनै पनि सवारी अवस्थाहरूमा अनुकूल बनाएर राइडरलाई सहायता गर्दछन्।
मोटरसाइकलमा रेस ट्युन्ड फ्युल इन्जेक्सन (RTFI) प्रविधिको BS-VI अनुरूप इन्जिन रहेको छ जसले राम्रो इन्धनको अर्थतन्त्र, विस्तारित पावर डेलिभरी, इन्जिनको स्थायित्व सुधार र उत्सर्जन नियन्त्रणमा मद्दत गर्छ। यो प्रविधिले मोटरसाइकललाई टिकाउ र वातावरणमैत्री बनाउँछ। यसमा SmartXConnect जस्ता प्रविधिहरू पनि छन् जसले सवारीको बारेमा धेरै जानकारीहरू देखाउँछ र ब्लुटुथ मार्फत राइडरको स्मार्टफोनमा जडान गर्नसकिन्छ। थप रूपमा, मोटरसाइकलमा एग्रेसिभ DRL हेडल्याम्प, एडजस्टेबल ब्रेक र क्लच लिभर, ABS जस्ता अन्य धेरै फिचरहरु छन्।
जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो। नेपालमा १३७+ डिलर र २००+ सेवा र स्पेयर पार्ट्स स्टेशनहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, TVS ले बजारमा आफ्नो बलियो पकड कायम राख्न र ग्राहकहरूको मनमा स्थान बनाउन सक्षम भएको छ। गुणस्तरीय उत्पादन, बिक्रीपछिको सेवा र देशभर ब्याकअप पार्टपुर्जाको उपलब्धता मार्फत उपभोक्तालाई दिएको उच्चतम सन्तुष्टिको कारणले आज टिभिएस नेपालमा सबैभन्दा रुचाइएको दुईपाङ्ग्रे ब्रान्ड बनेको छ।












