काठमाडौं, असार १७ । काठमाडौंको सडकमा हरियो मकै बेच्दै हिडेको महिलालाई नगर प्रहरीले लछारपछार पारेको छ। शुक्रबार बिहान बिहान बालुवाटारको सडकमा नगर प्रहरीले प्रहरीले मकै बेच्ने महिलामाथि गरेको व्यवहारको अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ।
भिडियोमा प्रहरीले मकै बेच्ने महिलालाई लछारपछार पार्दै ठेला गाढा ट्रकमा हालेर लगेको देखिन्छ। उक्त भिडियो पत्रकार सृष्टि काफ्लेले खिचेर ट्विटरमा अपलोड गरेकी थिइन। महानगरले बेलुका ६ बजेपछि मात्र फुटपाथमा व्यापार गर्न पाउने सुचना केही दिन अघिमात्र जारी गरेको थियो।












