स्वास्थ्यकर्मी कुट्पिट गर्नेलाइ कार्वाहीको स्वास्थ्यकर्मी संघ माग

प्रकाशित मिति:

प्रकाश न्यौपाने
असार १७ गते
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिकामा रहेको जगन्नाथपुर स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी बैजनाथ शर्मामाथी भएको कुटपिटमा सम्लग्नलाई नेपाल स्वास्थ्य कर्मी संघ नवलपरासीले कारवाहीको माग गरेको छ ।

संघका अध्यक्ष बाबुराम तिमिल्सिनाका अनुसार शर्मालाई बिहिवार राति ९ बजेतिर आफ्नो क्लिनिक बन्द गरि घरमा फर्किदै गर्दा कुटपिट भएको बताउनु भयो । तिमिल्सिना भन्नू हुन्छ -” घर फर्किने क्रममा अपरीचित ब्यक्तिहरुले कुटपिट गरि घाइते बनाएको हुदा हामिले तत्काल छानबिन गरि दोषी उपर कानुनी कारवाही होस भनी माग गर्दछौ ।”

जनताको प्रत्यक्ष सेबामा खटिने स्वास्थ्यकर्मीहरु माथि यस्ता घट्नाहरु दोहोरीरहनुले स्वास्थ्यकर्मीहरुको मनोबल कमजोर हुने र नागरिकको सुरक्षामाथिनै गम्भीर प्रश्न उठेको तिमिल्सिनाले बताउनु भयो ।