बुटवल । जगदम्बा मोटर्सले बुटवलमा विएस -६ मोडलको नयाँ टिभिएस अपाचे सार्वजनिक भएको छ । मोर्टसले शुक्रबार बुटवलको कन्सेप्ट क्लब एण्ड पब कालिकानगरमा एक कार्यक्रमको आयोजना गरि विएस भिआई मोडलको नयाँ टिभिएस अपाचे (Tvs Apache RTR 160 4V RTFI) को सार्वजनिक गरेको हो ।पप गायक अनिल सिंह, युट्युवर पुष्पान्जली कार्की, टिभिएसको लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सका डेपुटी जनरल म्यानेजर विक्रम पौडेल, कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक धनिराम भुसाल, बुटवलको आधिकारिक विक्रेता बालाजी मोटर्सका विशाल जैसवाल लगायतको उपस्थितिमा अपाचेको नयाँ मोडेल बुटवलमा सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको मोडेल नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको मोटरसाइकल रहेको टिभिएस बजार व्यवस्थापक धनिराम भुसाल बताउँछन् । जसमा ३ राइड मोडहरू (रेन, अर्बन र स्पोर्ट) जस्ता यस वर्गकै पहिलो र उत्कृष्ट फिचरहरू रहेको उनको दावी छ । भुसालका अनुसार यसले सवारहरूलाई कुनै पनि सवारी परिस्थितिमा अनुकूल बनाउन सजिलो बनाउँछ ।
मोटरसाइकलमा रेस ट्युन्ड फ्युल इन्जेक्सन (RTFI) प्रविधिको BS–VI अनुरूप इन्जिन रहेको छ । जसले राम्रो इन्धनको अर्थतन्त्र, विस्तारित पावर डेलिभरी, इन्जिनको स्थायित्व सुधार र उत्सर्जन नियन्त्रणमा मद्दत गर्छ। यो प्रविधिले मोटरसाइकललाई टिकाउ र वातावरणमैत्री बनाउँने कम्पनीका प्रतिनिधिहरूको दावी छ ।। यसमा स्मार्ट एक्स जडान जस्ता प्रविधिहरू पनि रहेको व्यवस्थापक भुसालले बताए । जसले सवारीको बारेमा धेरै जानकारीहरू देखाउने र ब्लुटुथ मार्फत राइडरको स्मार्टफोनमा जडान गर्न सकिनेछ । मोटरसाइकलमा एग्रेसिभ डिआरएल (DRL) हेडल्याम्प, एडजस्टेबल ब्रेक र क्लच लिभर, एविएस (ABS) जस्ता अन्य धेरै फिचरहरु रहेको जनाईएको छ ।
मोटरसाइकलको अधिकतम बजार मूल्य ३ लाख ७९ हजार ९ सय पर्ने कम्पनीले जनाएको छ ।जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । नेपालमा १३७ भन्दा बढी डिलर, २०० भन्दा धेरै सेवा र स्पेयर पार्ट्स स्टेशनहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जाल भएको टिभिएसले बजारमा आफ्नो बलियो पकड कायम राख्दै आएको छ ।












