बाजुरा बूढीगंगाको मतगणना शुरु हुँदै

प्रकाशित मिति:

बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा हिजो ९बिहीबार० भएको पालिका चुनावको मतगणना आज देखि शुरु हुँदैछ । मतगणनाको लागि केहीबेरमा सर्वदलीय बैठक बस्न लागेको निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिएका छन् ।

हिजो रातिदेखि नै मतगणना शुरु गर्ने योजना भए पनि मतपेटिक सङ्कलन, मुचुल्का उठाउनेलगायतका काममा ढिलाइ भएको र कर्मचारी तथा दलका प्रतिनिधिले पनि थकाइका कारण आजदेखि मात्रै गणना शुरु गर्ने सहमति गरेको कडायतले बताएका छन् ।बूढीगंगामा १३ हजार ६५९ मतदातामध्ये ९,१२८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो । बूढीगंगामा गएको वैशाख ३० गते नै पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले हिजो पुनः निर्वाचन गरेको गरेको हो । बूढीगंगाको मेयरमा कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिएका छन् ।