शनिबारको मौसम पूर्वानुमान : देशभर मनसुनी वायुको प्रभाव

प्रकाशित मिति:

काठमाडौं/शनिबार देशभर सामान्य वर्षा हुने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभावले सामान्य वर्षा भइराखेको छ।अहिले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यतादेखि पूर्ण बदली हुँदै देशका बाँकी भू(भागमा सामान्य वर्षा भइरहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाँकी एक(दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ। अन्य भू-भागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।शनिबार दिउँसो देशका पहाडी भू भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ र बाँकी भू(भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै गण्डकी र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।