यमलाल भुसाल,बुटवल ७ पौष
सहकारी ऐन २०७४लाई व्यवहारमा कार्यान्वयन गर्न नसक्ने सहकारी संस्थाहरुको भविस्य अन्यौल ग्रस्त हुने एक कार्यक्रममा वोल्ने सहकारीका विज्ञहरुले औल्याएका छन ।
सरकारले सहकारी संस्थाहरुलाई व्यवस्थित र शेयर सदस्यहरुको लगानीको सुरक्षाका लागि जारी गरेको सहकारी ऐन २०७४ ले सरलिकृत र सहज बनाएको पनि वक्ताहरुले जोड दिनु भयो ।
कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लि बुटवल ८ को शनिवार भएको १८ औं वार्षिक साधारण सभामा वोल्दै राष्ट्रिय सहकारी महासंघका संचालक तथा सहकारी विज्ञ चन्द्र प्रसाद ढकालले सहकारी संस्थाहरुले शेयर सदस्यको भावना र चाहनाको परिपूर्ति गर्न सकेमा त्यस्ता सहकारी सफल हुने बताउनु भयो ।
उहाँले सहकारी भनेकै शेयर सदस्य केन्द्रित सेवा भएकोले त्यसमा ध्यान दिन सहकारी कर्मीहरुलाई आग्रह गर्नु भयो । सहकारी ऐन २०७४ मा एकै प्रकारका सहकारी संस्थाहरुमा एक भन्दा बढीमा शेयर सदस्य बन्न नपाउन भएकाले जुन सहकारीले शेयर सदस्यलाई बढी सेवा सुविधा र प्रतिफल दिन्छ त्यही सहकारीमा सदस्यको चाँप हुने पनि उहाँले बताउनु भयो ।
संस्थाका अध्यक्ष डोल प्रसाद अर्यालको सभापतित्वमा भएको कार्यक्रममा कोषाध्यक्ष दोल राज पाण्डेको आर्थिक प्रतिवेदन, देउ प्रसाद पुनको लेखा प्रतिवेदन, कृष्ण पौडेलको मूल्याकन तथा अनुगमन प्रतिवेदन यज्ञ प्रसाद पंगेनीको शिक्षा प्रतिवेदन छलफल सहित पारित गरिएको सचिव लक्ष्मण आर्चाय क्षेत्रीले बताउनु भयो ।
सहकारीले जेष्ठ नागरिकका रुपमा डासुराम भण्डारी र अग्रजमा दिनेश कुमार शर्मा, लक्ष्मी प्रसाद श्रेष्ठ, लाल बहादुर थापा, चेतनारायण खनाल तथा डां भगवान अर्याललाई सम्मान गरेको उपाध्क्षय नवराज श्रेष्ठले बताउनु भयो । त्यस्तै शेयर सदस्यका छोरा छोरीहरुवाट एसईई परिक्षामा उत्कृठ अंक ल्याउने र नगरका ३ सामुदायीक विद्यालयमा अधययन गर्ने जेहेनदार विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल, बुटवलउपमहानगर पालिका वडा नम्बर ८ का अध्यक्ष भिम बहादुर श्रेष्ठ, युवराज गिरी ,ज्ञान प्रसाद अर्याल, धु्रव धिताल ,नन्द्र प्रसाद पाण्डे, कृष्ण चौहान, हरि प्रसाद रेग्मी लगायतले सहकारीले शेयर सदस्यको लगानी उत्पादन मुलक क्षेत्रमा प्रवाह गर्न माग गर्नु भयो ।












