दाउन्नेदेवी बहुमुखी क्याम्पसका प्राध्यापकहरुको बनभोज कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

 

असार २५ गते
नवलपरासी । प्रजातन्त्रवादि प्राध्यापक संघ नेपाल दाउन्नेदेवी बहुमुखी क्याम्पस इकाइ समितीको आयोजनामा दाउन्नेदेवी बहुमुखी क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरुको बनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एव क्याम्पस सञ्चालक समितीका अध्यक्ष बिश्वप्रेम पाठकले प्राध्यापकहरु बिच भएको बनभोज कार्यक्रमले प्राध्यापकहरु बिच एक आपसमा सम्बन्धमा निकटता बढ्ने र पुनर्ताजगी बनाउदै शिक्षण सिकाइ प्रभावकारी हुने बताउनु भयो ।

कार्यक्रममा विशेष अतिथि क्याम्पस प्रमुख नरेश खनाल तथा आजिवन सदस्य एव नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सह सचिब पोषचन्द्र देवकोटाले बोल्दै यस्ता कार्यक्रमले प्राध्यापकहरु बिच निकट सम्बन्ध स्थापित हुने र शैक्षिक गुणस्तर अभिवृद्धिमा अझ सहयोग पुग्ने बिश्वास व्यक्त गर्नु भयो ।
बर्दघाट १० सहिद पार्कमा भएको कार्यक्रममा इकाई सभापति पशुपति चौधरीको अध्यक्ष र सञ्चालन सचिब दिवाकर रिजालले गर्नु भएको थियो । कार्यक्रममा दाउन्नेदेवि बहुमुखी क्याम्पसका प्राध्यापकहरु र कर्मचारी गरि ३० जनाको सहभागीता रहेको थियो ।