काठमाडौं, असार २८ – राहदानी विभागले एक वर्षभन्दा बढी समय रहेका सेवाग्राहीहरूको नयाँ पासपोर्ट का लागि नवीकरण नगर्ने भएको छ ।देशभरका ७७ जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र विदेशस्थित नियोगलाई सेवाग्राहीको पासपोर्ट को समय एक वर्षभन्दा बढी रहेका आवेदन नलिनलाई विभागले अनुरोध गरेको हो ।
विभागका अनुसार एक वर्षभन्दा कम अवधि भएका राहदानी बाहकले नवीकरणका लागि आवेदन सक्ने छन् । राहदानीको म्याद ६ महिना बढी भएमा विदेश यात्रा सहजै गर्न सकिने छ । राहदानी ऐन, २०७६ को दफा ९१२० राहदानीवाहकको नाममा जारी भएको राहदानीको बहाल एक वर्ष भएमा वा सो भन्दा बढी रहेमा नयाँ जारी नगर्ने व्यवस्था छ।












