काठमाडौँ – हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
दिउँसो देशका पहाडी भूभागमा र अन्य केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यता बदली रही बाँकी भू भागमा आंशिकदेखि मौसम सामान्यता सफा रहनेछ । प्रदेश १, मधेश र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक(दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।












