स्व.बुवाको पुण्य तिथिको सम्झनामा मासिक(एकपटक) बृध्दा (१०० जना) लाई भोजनसेवा स- प्रेम योगदान
साउन २ , २०७९ः बिराटनगर- ३ पुष्पान्जलि चोक निवासी मानविय भावनाका धनि आदरणीय श्री शोमनाथ घिमिरेज्यु द्वारा स्व.बुवा कुबेर चन्द्रघिमिरे(बिद्यापति)ज्युको १३औं दिनको पुण्य तिथिको सम्झनामा मानवसेवा आश्रम बिराटनगर शाखाको पोखरीया सेवा केन्द्रमा गरिमाबसिरहनुभएको ९६ जना बुवाहरुको निम्ति भोजनसेवा स-प्रेम योगदान गर्नुभएको छ। आदरणीय स्व.बुवा कुबेर चन्द्रघिमिरे (बिद्यापति) ज्युको पुण्य तिथिको सम्झनामा सम्पुर्ण घिमिरे परिवारद्वारा मानवसेवा आश्रम बिराटनगर शाखाको निम्ति(वार्षिक) यस बर्ष भरिको लागि मासिक भोजनसेवा १०० जना बृध्दा हरुलाई योगदान गर्ने प्रतिबद्धता गर्नुभएको छ।आज सम्झनामा रहनु हुने आदरणीय स्व.बुवा कुबेर चन्द्र घिमिरे(बिद्यापति)ज्युको आत्मा शान्ति एवं बैकुण्ठ बासको लागि ईश्वरसङ्ग प्राथना गर्दछौ।
आजको प्रथम मासिक भोजन सेवामा घिमिरे परिवार वाट आमा डली घिमिरे, छोरा जिवन घिमिरे, बुहारी सिता घिमिरे, छोरा शोमनाथ घिमिरे, छोरीहरु बिना घिमिरे पन्त र सन्ध्या घिमिरे खत्री, ज्वाई गोपाल पन्त, भान्जी जानवि खत्री हरुले ९६ बृध्दा बुवाहरुलाई खानाको सेवा गर्नु भएको थियो -यस मानविय सेवामा सहजीकरण गर्नुहुने लायन्स क्लब अफ बिराटनगर-बरगाछिका अध्यक्ष शुभाष रिजाल, मुख्य संयोजक रमेश खत्री, संयोजक ज्ञानेन्द्र खत्री र सम्पुर्ण घिमिरे परिवार प्रति धेरै धेरै साधुनाद ब्यक्त गर्दछौ।












