काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाइते

प्रकाशित मिति:

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका ११ डालाबेशीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा७ प ४१८२ नम्बरको मोटरसाइकल आज बिहान साढे २ बजे डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा चालक सिन्धुलीको मझुवा गाउँपालिका ५ का १९ वर्षीय मिलन मग्रातीको मृत्यु भएको हो ।मग्रातीको धुलिखेल अस्पतामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा मोटरसाइकल पछाडि बसेका मृतकका २१ वर्षीय दाइ प्रेमबहादुर मग्राती घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दोलालघाटमा कार र टिपर ठोक्किंदा ३ जना घाइते

यसैबीच काभ्रेको दोलालघाटमा हिजो बेलुकी कार र टिपर आपसमा ठोक्किंदा कारमा सवार ३ जना गम्भीर घाइते भएका छन् । घाइते तीनै जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।चरिकोटबाट काठमाडौं आउँदै गरेको ग२च ७०९२ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको बा४ख ४९१८ नम्बरको टिपर हिजो बेलुकी सवा ८ बजे आपसमा ठोकिएका थिए । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।