राजस्व हिनामिना गरेको भन्दै जनप्रतिनीधिद्वारा कार्यालयमा तालाबन्दी

प्रकाशित मिति:

रुपन्देही/रुपन्देहीको गैडहवा गाउपालिकाको कार्यालयमा सोमवार सांझ साढे ४ बजेको समयमा जन्रतिनीधिहरुले तालावन्दी गरेका छन। वडा नं। ६ का वडा सचिव र प्रमुख प्रशासकिय अधिकृतको मिलेमतोमा वडाबाट संकलन भएको करिब ११ लाख रुपैया राजस्व हिनामिना गरेको भन्दै गाउपालिकाको अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र लेखा शाखामा तालाबन्दी गरिएको हो ।

पालिकाको वडा नं। २ देखि वडा नं। ६ सम्मका वडा अध्यक्ष, वडा सदस्य र कार्यापालिका सदस्यहरुले संयुक्त हस्ताक्षर गरी ११ बुंदे माग राखी तालावन्दी गरेका छन। कार्यापालिका सदस्य सहित २९ जना जनप्रतिनीधिहरुद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा वडा नं। ६ को राजस्व दुरुपयोग गर्ने प्रमुख प्रशासकिय अधिकृत र सम्वन्धित कर्मचारीलाई कार्वाही नगरेको,बाढी पिडित किसानहरुलाई क्षतिपुर्ति वापतको रकम उपलब्ध नगराएको, किसानले पाउनु पर्ने कृषि यन्त्र हाल सम्म खरिद नै नगरेको र सो प्रयोजनका लागि विनियोजन भएको रकमबारे कुनै जानकारी नगराएको, पालिकाको प्रमुख प्रशासकिय अधिकृतले गाउपालिकावाट भाडामा लिएको गाडी र आवास खर्च भनि दोहोरो खर्च सविधा लिएको र उक्त दुई सुविधा मध्ये कुनै एक अविलम्ब फिर्ता गर्नु पर्ने माग गरिएको छ।

यस्तै गाउपालिकाबाट कुनै निर्णय नभई यस अघि नै भाडामा लिएको चार पांग्रे गाडी सुबिधा हुंदा हुंदै पनि मनोमानी ढंगले थप दुई पांग्रे सवारी साधन खरिद गरी जिन्सी शाखाबाट प्रमुख प्रशासकिय अधिकृतले लिएकोमा सो सवारी साधन कहाँ कुन प्रयोजनको लागि लगिएको, कार्यापालिकाको निर्णय नै नगरी करार कर्मचारी हटाइएको, बिभिन्न योजनाहरुबाट भएका खर्च विवरण सहितको बिल भर्पाई पटक पटक लेखा शाखामा माग गर्दा पनि उपलब्ध नगराएको, पालिकाको ९ वटै वडाबाट संकलन हुने राजस्वको मासिक विवरण उपलब्ध नगराएको र प्रमुख प्रशासकिय अधिकृत सहित पालिका अन्तर्गका कर्मचारीहरुले के कति सेवा सुबिधा लिएका छन र प्रमुख प्रशासकिय अधिकृतले प्रयोग गर्दै आएको सवारी साधनको सर्बिसिंग र इन्धन खर्चको यथार्थ विवरण उपलब्त्रध गराउनु पर्ने माग सहित तालवन्दी गरिएको गैडहवा गाउपालिकाका प्रवक्ता तथा वडा नं। ४ का वडा अध्यक्ष सुरेन्द सिंह कुर्मीले बताउनु भयो ।

गाउपालिकामा जनप्रतिनीधिहरुद्वारा गरिएको तालावन्दीबारे गाउपालिका अध्यक्ष सुरेन्द्र पौडेलले मोवाईलमा सम्पर्क गर्दा तालाबन्दी गर्नेहरुबाट मौखिक वा लिखित कुनै मागपत्र नआएको तर पालिकाको केही वडाहरुमा करारमा राखिएका वडा सचिवहरुलाई पालिकामा फिर्ता बोलाई पालिकामा रहेका स्थायी कर्मचारीहरुलाई वडा सचिवको जिम्मेवारी दिएर पठाउने बिषयमा विबाद भई तालाबन्दी भएको हुन सक्ने उल्लेख गर्नु भयो। यता प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्री पनि कार्यालयमा नभेटिनु भएको र मोवाइल सम्पर्क गर्दा रिसिभ हुन सकेन। तर प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्रीले कार्यालय हाजिरी रजिस्टरमा भने सही गरेका छन। करिब १२ बजेको समयमा कार्यालयमा स्थानीय संचारकर्मी पुग्दा प्रमुख प्रशासकिय अधिकृत क्षेत्री कार्यालयमा भेटिनु भएन।

कर्मचारी व्यबस्थापन र रोजगार संयोजकको म्याद नथप्ने निर्णयका कारण पालिकामा तालावन्दी भएको हुन सक्ने गैडहवा गाउपालिकाका सुचना अधिकारी गणेश भट्टराइले बताउनु भयो । कुनै लिखित माग छैन, तालाबन्दी गर्ने समयमा पनि केही कुनै कुरा उल्लेख नभएको र एक्कासी तालाबन्दी भएपछि मात्र आफुलाई अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र लेखा शाखामा तालाबन्दी भएको कुरा जानकारी भएकाले तालाबन्दी हुनुको कारण यही नै हो भन्न नसक्ने तर कर्मचारी व्यबस्थापन सम्बन्धमा अन्तरबिरोध हो कि भन्ने मेरो अनुमान रहेको कविराज तथा सूचना अधिकारी भट्टराईले बताउनु भयो ।पालिकाको रोजगार संयोजकमा कार्यरत मनिसा कार्कीले नियमसंगत काम नगरेको भन्दै प्रमुख प्रशासकिय अधिकृतले कार्कीलाई लिखितस्पष्टीकरण मागेकोमा रोजगार संयोजक कार्कीबाट चित्तबुझ्दो जवाफ नआएकाले पालिकाको रोजगार संयोजकको करार म्याद नथप्ने पालिकाको निर्णय भएको पालिका अध्यक्ष सुरेन्द्र पौडेलले बताउनु भयो।

थप समाचार