पूर्णबहादुर खड्का द्वारा विधान संशोधन प्रस्ताव पेस

प्रकाशित मिति:

काठमाडौँ नेपाली काङ्ग्रेसको महासमिति बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत भएको छ। विधान मस्यौदा प्रस्ताव तयारी समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले शनीवार अपराह्न संशोधन प्रस्ताव प्रस्तुत गरेका हुन्। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रस्ताव प्रस्तुतिसँगै महासमिति सदस्यलाई बाँडिएको जानकारी दिए।

प्रस्ताव प्रस्तुत भएसँगै आजैदेखि महासमिति सदस्यहरुलाई आफ्ना विचार राख्ने अवसर दिइनेछ। महासमिति सदस्यहरुले राखेको विचारका आधारमा प्रस्ताव संशोधन गरी बैठकले पारित गर्नेछ। गत हप्ता शनिबार उद्घाटन भएको महासमिति बैठक पार्टी केन्द्रीय समितिमा विधान संशोधनको प्रस्तावमा सहमति जुट्न ढिला हुँदा अझै जारी छ। केन्द्रीय समितिमा सहमति भएपछि विधान छापेर बाँड्दा ढिला भएको मुख्सचिव कृष्णप्रसाद पौडेलले बताए।