पाल्पा लघुवामा बस दुर्घटना; ६ जना मृत्यु १७ घाइते 

प्रकाशित मिति:

गुल्मी बुर्तिबाङ देखि बुटवल तर्फ आउदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पा लघुवामा दुर्घटना भएको छ ।

घटनास्थलमा रहेका रिब्दिकोट गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रसाद पोखरेलका अनुसार अहिलेसम्म ६ जनाको शव फेला परेको छ। १७ जना घाइतेलाई उद्धार गरी तानसेन पठाएका छौं। गाडीभित्र अरू कति यात्रु छन् भन्ने हेर्दैछौं,’ उनले भने। बस सडकबाट १ सय मिटर तल खसेको र अहिले उद्धारको काम भइरहेको उनले जानकारी दिए।

मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने उनको भनाइ छ। दुर्घटना कसरी भयो भन्ने कारण खुलेको छैन।