पाल्पाको लघुवामा बस दुर्घटना,मृत्यु हुनेको संख्या १० पुग्यो

प्रकाशित मिति:

पाल्पा/पाल्पाको रिब्दीकोट २ लघुवामा भएको बस दुर्घटना १० जनाको मृत्यु भएको छ ।तानसेन तम्घास सडक खण्डको लघुवामा बाग्लुङ्गगबाट बुटवल तर्फ आउँदै गरेको लु १ ख ५९५२ नंम्बरको बस दुर्घटनामा परेको हो । बसमा करिब २२ जना सवार रहेको बताईएको छ । १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जनाको उद्धार प्रयास भईरहेको छ । स्थानिय र प्रहरीको टोलीले उद्धारलाई जारी राखेका छन न ।

बस सडकबाट करिब ७ सय मिटर तल खसेको स्थानिय रञ्जीब कुवाँरले जानकारी दिनुभयो ।