एनआरएनए अमेरिकाको आर्थीक सहयोगमा बनेको प्रसुति गृह गाउपालिकालाई हस्तान्तरण

प्रकाशित मिति:

सल्यान जिल्लाको कुमाख गाउपालिका वडा न।१ टाट्के चौरमा गैह्र आवासीय नेपाली संघ अमेरिकाले बनाएको प्रसुति गृह आज एक कार्यक्रम गरि गाउपालिकालाई हस्तान्तरण गरेको छ।एनआरएनए अमेरिकाको प्रमुख आर्थिक सहयोग एवम् मानवविकास तथा सामुदायिक सेवा चौरजाहरी अस्पताल र कुमाख गाउँपालिकाको समन्वयमा बनेको हो।

वरिष्ठ उपाध्यक्ष पन्थले कार्यक्रम दुर्गम बस्तीमा स्थापित प्रसुति गृहले यस क्षेत्रमा हजारौँ स्थानिय बासीलाई राहत पुग्ने र यसको संरक्षण गर्न आगामी दिनमा स्थानिय बासीले सहयोग गर्नुपर्न बताए।हामी देशमा बस्ने नेपालीरूले यस्तो दुर्गम गाँउमा सहयोग गर्ने पाउदा खुशी भएको बताए।करिब ३५ लाख लागतमा बनाएको प्रसुति गृहको गैह्र आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृण्णजिवि पन्थले गाँउपालिकाका उपाध्यक्ष लालबहादुर रावतलाई हस्तान्तरण गरेका छन्।

सल्यान जिल्लाको विकट कुमाख गाउँपालिका वडा न।१ टाट्के दुर्गम गाउँ जहा एउटा प्रसूति गृह स्थापना गर्दा सयौं आमाहरूले आफ्ना सन्तानलाई सुरक्षित जन्म दिन सक्नेछन्।प्रसुति गृहमा डाँडागाउँ,भितिवनचौर,नुवागाउ,साधनमुढा,भितिवन आसपासका ठाउका सुत्केरीले सेवा लिन पाउनेछन्।वरिष्ठ उपाध्यक्ष पन्थले प्रत्येक पटक नेपाल आउदा मातृभुमी प्रती कर्तब्य बोध गर्ने अभियानको क्रममा यसपाली गैरआवाशीय नेपाली संघ,अमेरिकाको सहयोग एबं वहाँको सकृयता एबं समन्वयमा सल्यानमा बन्दै गरेको प्रसुती गृहको भवन हस्तान्तरण गरेका छन्।