जगीलाल थापा । साउन, कञ्चन रुपन्देहीको गैडहवा गाउपालिकामा गत साउन २ गते देखि लगातार लाग्दै आएको ताला दुई हप्ता पछि खे्ुलेको छ। गाउपालिकामा लागेको ताला खुलाउन गाउपालिका कार्यालय तथा बाहिर गरी बिभिन्न स्थानमा चरणबद्ध बसेको कार्यापालिका स्तर र तथा गैडहवाका सरोकारवालाहरुको बैठकबाट निकालिएको सहमतीबाट १७ दिन पछि बुधवार ताला खुलाइएको हो ।
गैडहवा गाउपालिकाबाट भित्र भएका चरम अनियमित्ता र करार कर्मचारीको म्याद थप्नु पर्ने जस्ता बिभिन्न ११ वटा बुंदा सहितको माग पत्र कार्यालयमा टांसी गत साउन २ गते नेपाली कांग्रेस र जनमत पार्टीका जनप्रतिनीधि र कार्यापािलका सदस्य गरी २८ जनाले गाउपालिका अध्यक्षको कार्यकक्ष, प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष, लेखा शाखा र प्रशासन शाखा समेतमा ताला लगाएका थिए।
गैडहवा गाउपालिकाकाको कार्यापालिका स्तरको बैठकबाट प्रमुख प्रशासकिय अधिकृत बिपिन क्षेत्रीलाई सरुवा गर्ने र वडामा संकलित राजस्वको अपचलन गर्ने वडा नं। ६ का सचिव महेन्द्र केवटलाई कार्वाही गर्ने सहमती पश्चात ताला खुलाइएको वडा नं। ४ का वडा अध्यक्ष तथा गैडवहवा गाउपवालिकाका प्रवक्ता सुरेन्द्र कुर्मीले जानकारी दिनु भयो।
यस्तै करार कर्मचारीको बिषयमा कार्यापालिकामा छलफल गनेु पर्ने बिषय नभएको र सो बारे गाउपालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत सम्मिलित समितिले तयार गरेको करार कर्मचारी व्यबस्थापन कार्याबिधी अनुसार आवस्यक कार्वाही गर्ने गराउने, गाउपालिका तथा वडाबाट हुने हरेक योजनाहरुको मितव्ययिता,प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्रीले दोहोरो सुबिधा वापत लिएको दुईपांग्रे सवारी साधनको फिर्ता, सबै वडाबाट संकालन हुने राजस्वको वारेमा प्रत्येक वडाबाट प्रतिबेदन लिई मासिक विवरणबारे जनाकारी गराउने, गाउपालिका तथा वडा र बिभिन्न शाखा तथा बिषयगत कार्यालयहरुमा राम्रो काम सहित कार्य सम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान, मासिक रुपमा कर्मचारी तथा जनप्रतिनीधिहरुबले लिने गरेका बिभिन्न सेवा सुबिधाहरुका बारेमा नियमित अनुगमन र मुल्यांकन गरी अनावस्यक सुबिधाहरुको नियमन गर्ने गराउने जस्ता बिषयहरुमा सहमती भएको वडा नं। ४ का वडा अध्यक्ष तथा गैडवहवा गाउपवालिकाका प्रवक्ता सुरेन्द्र कुर्मीले जानकारी दिनु भयो।
अव गैडहवा गाउपालिकालाई समृद्धिको बाटो तर्फ डोर्याउनु जनप्रतिनीधि र कर्मचारी कर्तब्य र जिम्मेवारी हुने र गैडहवावासीसंगको सहकार्य र समन्वयमा गैडहवाको बिकासका योजनाहरुलाई अगाडी बढाउदै लैजाने समेत कार्यापालिकाको बैठकबाट निर्णय भएको प्रवक्ता कुर्मीले बताउनु भयो। कार्यापालिका सदस्य सहित २८ जना जनप्रतिनीधिहरुले गाउपालिकामा टाँस गरिएको ज्ञापन पत्रम वडा नं।६ को राजस्व दुरुपयोग गर्ने प्रमुख प्रशासकिय अधिकृत र सम्वन्धित कर्मचारीलाई कार्वाही नगरेको,बाढी पिडित किसानहरुलाई क्षतिपुर्ति वापतको रकम उपलब्ध नगराएको, किसानले पाउनु पर्ने कृषि यन्त्र हाल सम्म खरिद नै नगरेको र सो प्रयोजनका लागि विनियोजन भएको रकमबारे कुनै जानकारी नगराएको, पालिकाको प्रमुख प्रशासकिय अधिकृतले गाउपालिकावाट भाडामा लिएको गाडी र आवास खर्च भनि दोहोरो खर्च सविधा लिएको र उक्त दुई सुविधा मध्ये कुनै एक अविलम्ब फिर्ता गर्नु पर्ने माग गरी गाउपालिकामा तालावन्दी गरेका थिए।।
गाउपालिकाबाट कुनै निर्णय नभई यस अघि नै भाडामा लिएको चार पांग्रे गाडी सुबिधा हुंदा हुंदै पनि मनोमानी ढंगले थप दुई पांग्रे सवारी साधन खरिद गरी जिन्सी शाखाबाट प्रमुख प्रशासकिय अधिकृतले लिएकोमा सो सवारी साधन कहाँ कुन प्रयोजनको लागि लगिएको, कार्यापालिकाको निर्णय नै नगरी करार कर्मचारी हटाइएको, बिभिन्न योजनाहरुबाट भएका खर्च विवरण सहितको बिल भर्पाई पटक पटक लेखा शाखामा माग गर्दा पनि उपलब्ध नगराएको, पालिकाको ९ वटै वडाबाट संकलन हुने राजस्वको मासिक विवरण उपलब्ध नगराएको र प्रमुख प्रशासकिय अधिकृत सहित पालिका अन्तर्गका कर्मचारीहरुले के कति सेवा सुबिधा लिएका छन र प्रमुख प्रशासकिय अधिकृतले प्रयोग गर्दै आएको सवारी साधनको सर्बिसिंग र इन्धन खर्चको यथार्थ विवरण उपलब्त्रध गराउनु पर्ने माग राखेका थिए।