लायन्स क्लब अफ बुटबल तिनाउँको तेस्रो चाटर सेरोमोनि एक कार्यक्रमका बिच सम्पन्न भएको छ । लायन्स क्लब इन्टरनेशल ३२५ पि नेपालका सस्थापक अध्यक्ष एवम डिष्ट्रक गर्भनर पि.एम. जे. एफ. लायन नबराज न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।कार्यक्रममा डिष्ट्रक प्रथम उपाध्यक्ष लायन अर्जुनमा सैजु , द्धितिय उपाध्यक्ष पुस्वर्तम भक्त प्रधानाङ, एरिया चिफ माधब खनाल एवम लायन लिडर लुकराज न्यौपाने, एकदेब बश्याल, गुनाखार भन्डारी, भर गैरे लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रक गर्भनर पि एम जे एफ नबराज न्यौपानेले लायन्स क्लब अफ बुटबल तिनाउले सामाजिक क्षेत्रमा खेलेको भुमिका निकै महत्वपूर्ण रहेको बताउनु भएको थियो । क्लबले सामाजिक, स्वास्थ , पर्यावरण र शिक्षा को क्षेत्रमा गरेका कार्य प्रती उच्च सम्मान व्यक्त गर्नुभएको थियो । शिक्षा स्वास्थ्य का क्षेत्रमा बिभिन्न खालका शिबिर तालिमहरु को अपेक्षा गर्दै यस्ता कार्यक्रमहरुलाइ निरन्तर अगाडी बढाउन आग्रह गनु भयो ।
कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष चिरन्जिबि अधिकारीले क्लबले बिगत देखि सामाजिक क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउनु का साथै कल्ब स्थापनामा सहयोग पुर्याउने सदस्य ज्यु हरुलाइ मायाको चिनो प्रदान गर्नु भएको थियो। उहाले क्लबले बिद्यार्थीहरुको क्षमता बिकासको निम्ती केहि फरक खालको कार्यक्रम गर्ने पर्छ भन्ने उद्देश्यलले पचास हजार पुरस्कार रासी रहेको (Lions Quize) हाजिरी जबाफ प्रतियोगिता लायन बर्ष २०२२/२०२३ भित्र सम्पन्न गर्ने घोषण गर्नुभएको थियो ।
कार्यक्रम कल्बका अध्यक्ष लायन इश्बर गिरीको अध्यक्षयतामा सम्पन्न भएको थियो ।











