संरचना हटाउन निर्देशन दिन मेयर वालेन पुगे नर्भिकमा

प्रकाशित मिति:

काठमाडौं । नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको बारेमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालले प्राविधिक राखेर अध्ययन समिति बनाउने भएका छन् । नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घन्टे अल्टिमेटम दिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन मंगलबार निर्देशन पालन भए नभएको हेर्न नर्भिक अस्पतालमा पुगेका थिए ।

नर्भिकले आफूले कानून अनुसार जग्गा भाडामा लिएको र त्यहाँ अस्पतालका लागि अत्यावश्यक अक्सिजनसहितका सामग्री भण्डारणमा रहेको बताएको थियो ।त्यसपछि अस्पताल र महानगरबीच समिति बनाउने र उसकै सिफारिस अनुसार अघि बढ्ने सहमति भएको छ । त्यसपछि मेयर बालेनसहितको टोली फर्केको छ । नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको महानगरको भनाइ छ ।