महिला संघको अध्यक्षमा उषा कुमारी राउत नियुक्त

प्रकाशित मिति:

काठमाडौं, साउन २६ – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा उषा कुमारी राउत मिश्र नियुक्त भएकी छिन् । नेपाली कांंग्रेस केन्द्रीय कार्यसमितिको चैत्र १५, २०७८ को बैठकको निर्णय अनुसार पार्टी सभापति श्री शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेसको विधान बमोजिम म्याद समाप्त भई स्वत: विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ— नेपाल महिला संघको अध्यक्ष पदमा श्री उषा कुमारी राउत मिश्र सिरहा लाई नियुक्त गर्नु भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।