मिलन पङेनी, काेटिहवा । तिलोत्तमा नगरपालिका वडा नं. १३ मा रहेको जनउत्थन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३औ जनउत्थन महोत्सव सम्पन्न गरेको छ । प्रदेश नम्बर ५ का पर्यटन ,उद्योग ,बन तथा बाताबरण मन्त्री लीला गिरिको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो|कार्यक्रममा संस्थाकाे अध्यक्ष ज्ञानु पौडेललेसंस्थाको वर्तमान परिस्थिति र आगामी योजनाको बारेमा मन्तव्य राख्दै “सकोसमा आबद्ध रहेका सम्पुर्ण सदस्य हरुको प्रगतिनैसहकारीको प्रगति हुने बतौदै सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नुभययाे |उपाध्यक्ष गिरी प्रसाद
पुनले सकोसको आन्तरिक कुराको विश्लेषण गर्दै संस्थाले गरेको १ अर्ब १२ करोड को कुल बचत गर्न सफल भएकोमा खुशी प्रकट गर्दै सम्पुर्ण शेयर सदस्य हरुलाइ बधाई दिनु भयो । उपाध्यक्ष गुरुङले सकोसको सुरुवातका लागी अमुल्य योगदान पुराउनु भएका ३१ जना शेयर सदस्य प्रती नमन प्रकट गर्नु भयो ।कार्यक्रममा तिलोत्तमा न.पा. का उप प्रमुख जागेशवरि चौधरी , नेफस्कुनका संचालक सदस्य कृष्ण नेपाल , बचत तथा ऋण जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष प्रकाश भट्टराई , सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद नेउपाने , समाजसेवि टीकाराम पाण्डे ,पत्रकार महासंघका अध्यक्ष योगेन्द्र जि.सि. लगायतले मन्तव्य रखेका थिए ।कार्यक्रममा सहकारीले सामाजिक कार्यक्रम अन्तगत संस्थाले जेष्ठ नागरिक सम्मान गरिब तथा जेहेन्दार विद्यार्थी छ । त्रबृत्ती प्रदान ,अक्षय काेष सहयाेग कार्यक्रम ,बाख्रा पालकलाई निर्बयज ऋण सहयोग ,सफल उधमी सम्मान कार्यक्रम र सीप विकास तालीमका उत्कृष्ट हरुलाइ मायाको चिनो प्रदान गरि सकोसले सम्मान गरेको थियोे । कार्यक्रममा सकोसले आतिरित कार्यक्रमअन्तगत हजिरी जवाफ प्रतियोगिता ,युवा प्रतियोगिता , बाल खेलकुद प्रतियोगिता सहकारीले खाद्य प्रशोधन तालिमबाट उत्पादित समान पनि प्रदसनका लागि रखेको थियो । लगायत अन्य खेल कार्यक्रम गरेको थियो ।खेलकुद प्रतियोगिता , महिला खेलकुद साथै विशेष मनोरञ्जनका लागि सकोसले नि:शुल्क चिट्ठा कार्यक्रमको लागि कार्यक्रम संस्थाको उपाध्यक्ष गिरी प्रसाद पुनको स्वागत तथा सचिव अन्जु जैसीकाे सञ्चालनमा सम्पन्न भएको थियो ।












