काठमाडौं, साउन २८ – सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै ‘राष्ट्रव्यापी अभियान–२०७९’ भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने भएको छ। शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भदौ २ देखि गर्ने भनिएको सो अभियानको मिति परिवर्तन गर्दै भदौ १० देखि २४ सम्मका लागि तय गरेको हो।
बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई ‘उम्मेदवार मनोनयन औपचारिक पत्र’ दिन पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ।यसैगरी बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गनेै निर्णय पनि गरेको छ । सोका लागि केन्द्रिय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिएको छ। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारको नाम पार्टीको विधान बमोजिम प्रक्रिया पुर्याएर सिफारिस गर्न पनि बैठकले निर्देशन दिएको छ।












