सैनामैना तिज महोत्सव भदौ २ गते देखि सुरु हुदैँ,प्रति टिकट १ रुपियाँ सामाजिक काममा लगाइने
सुरेश परियार,साउन ३१ गते- रुपन्देहीको सैनामैनामा सैनामैना तिज महोत्सव हुने भएको छ । नेपाली महिलाहरुको हरितालीका तिजका अवसर पारेर दुधराक्ष युवा क्लब र उमंङ म्युजिक प्रा.लिको आयोजना तथा जय माता दि एम्युजमेन्ट प्रा.लिको ब्यवस्थापनमा महोत्सव हुन लागेको हो ।आज पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी पुरा भएको बताउदै यहि भदौ २ गते देखि १४ गते सम्म महोत्सव सञ्चालन हुने बताइएको छ ।
नेपाली लोकसस्कृतिलाई जर्गेना गरि सैनामैनालाई व्यापार क्षेत्रमा उत्पादित वस्तु, सेवा, सीप, पर्यटकहरुको आर्कषणको केन्द्र बनाउन महोत्सव गर्न लागीएको अध्यक्ष पोख्रेलले बताएका छन् । अध्यक्ष पोख्रेलले महोत्सवमा पर्यटन प्रवर्द्धन गोष्ठी,औद्योगिक प्रदर्शनी,उत्पादित वस्तुको खरीद बिक्री,दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा खरीद विक्री,बालउद्यान हुनेछ भने राष्ट्रिय स्तरको हास्यव्यङग्य तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुत रहने समेत उल्लेख गरे ।
साथै,महोत्सवमा बालउद्योन,अन्र्तमावि तिज गित प्रतियोगिता,डान्सीङ आइडल समेत हुने जनाइएको छ । महोत्सव सम्पन्न गर्न अनुमानित ५० लाख लाग्ने अनुमान गरिएको छ भने सैनामैना नगरपालिका,प्रदेश मन्त्रालय,विभिन्न ब्यापारिक सस्थाहरुबाट आर्थिकको प्रबन्ध गरिने आयोजकले जनाएको छ ।महोत्सवमा करिब १ लाख बढि दर्शकहरु भित्रिने अनुमान गरिएको छ भने महोत्सवमा बिक्रि भएको प्रति टिकट बापत रु.१ रुपियाँ सामाजिक क्षेत्रमा खर्च गरिने बताइएको छ । सैनामैना वडा न.७ देउवपार स्थित होटल द दारीमा भएको पत्रकार सम्मेलनमा सचिब पदम पाण्डेको सञ्चालन रहेको थियो ।












