राधी विद्युत कम्पनी लिमिटेड (RADHI) ले हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ। कम्पनीले भदौ १२ गते बुकक्लोज गर्ने भएको छ।कम्पनीले १ बराबर १.४७५२ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
यस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ ५० पैसाको १४७.५२ प्रतिशत अर्थात ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। भदौ १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम कम्पनीका शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।












