वडा अध्यक्ष तिवारीको सक्रियतामा सरसफाइ

प्रकाशित मिति:

भदौ ४ गते
बर्दघाट ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ मा बडा अध्यक्ष बेदबिना तिवारीको नेतृत्वमा सरसफाइ सम्पन्न भएको छ । बर्दघाट ४ मा लक्ष्मिनगरमा आज बिहान वडा अध्यक्ष सहित टोलबिकास सस्थाले सरसफाइ गरेको हो । एक घर एक ब्यक्ती हातमा सरसफाइको एक औजार लिएर उपस्थिती हुँदै गर्दा बर्दघाट खानेपानी सस्थानका अध्यक्ष धातानन्द बस्याल , वडा नम्बर ४ का वडा अध्यक्ष बेधबिना तिवारि टोल बिकास सस्थाका अध्यक्ष बालकृष्ण न्यौपानेको उपस्थितिमा सरसफाइले तिब्रता पाएको छ । सरसफाइमा उपस्थिती टोल बासी गाउका गल्ली गल्लीमा सरसफाइ भैरहेको स्थानीय सुर्य प्रसाद पाण्डेले बताउनु भयो ।

बर्दघाट ४ का वडा बासिले हाम्रो गाउँ हामी आफै नगरे कस्ले गर्ने भन्ने सन्देस दिएको वडा अध्यक्ष बेदबिना तिवारीले बताउनु भयो । उहाका अनुसार-” सबैजना मिलेर काम गरे बाताबरण सरसफाइ देखिने र सफा सुन्दर बर्दघाट नगरी बनाउन सकिन्छ ।”