भोलि देखि लुम्बिनी एक्स्पो मेलामा खुल्ला पुरुष भलिबल खेल हुदै

प्रकाशित मिति:

बुटवलमा जारी लुम्बिनी एक्स्पो २०१८ मा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । मेला आयोजक रुपन्देही ब्यापार संघ, जिल्ला भलिबल संघ रुपन्देही र ब्रेभ गोर्खा युथ क्लब बुटवलको संयुक्त आयोजनामा सोमबारदेखि मेला परिसरमा भलिबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा नेपालका राष्ट्रिय ११ टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने छन । प्रतियोगिताको उपाधि विजेताले १ लाख ११ हजार १ सय ११ नगदसहित कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ६६ हजार ६ सय ६६ सहित कप, मेडल, प्रमाणपत्र तथा तृतिय टिमलाई नगद ४४ हजार ४ सय ४४ तथा चौथौ टिमलाई नगद २१ हजार ५ सय ५५ सहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।यसैगरि विद्यागत रुपमा समेत विभिन्न आठ खेलाडीहरुलाई प्रोत्साहन स्वरुप नगदबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष नबिन थापाले बताए ।

रुपन्देही ब्यापार संघका वरिष्ठ उपाध्यक्ष यमलाल लोहनीले मेलाको रौनकको रुपमा प्रतियोगिता गर्न लागेको बताए । जिल्ला भलिबल संघ रुपन्देहीका योग गुरुङ्ग भलिबल खेल देशभर खेलिने भएकाले पनि राष्टिय खेल घोषणा भएको बताए ।उद्घाटन खेल मणिमुकुन्द ए र जिल्ला भलिबल संघ गुल्मीको बिचमा खेल हुने छ । चार दिनसम्म संचालन हुने प्रतियोगितामा करीब २० लाख हुने अनुमान आयोजकको छ ।