मिटर ब्याजी एक जना पक्राउ तीन जना फरार

प्रकाशित मिति:

प्रकाश न्यौपाने
भदौ ९ गते
नवलपरासी । पश्चिम नवलपरासीमा एक जना मिटर ब्याजी पक्राउ परेका छन भने तीन जना फरार छन । प्रतापपुर गाउपालिकाका जगदिश बनियाँलाई नवलपरासी प्रहरीले गिरफतार गरेको छ ।
प्रतापपुर गाउँपालिका वार्ड नम्बर ९ निवासी ५५ वर्षिय जगदिश बनिया विरुद्ध जिल्ला प्रशासन कार्यालय नवलपरासीमा ठगी मुद्धा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले बनियाँलाई पाल्हीनन्दन वार्ड नम्बर १ महेशपुरबाट गिरफतार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकृत प्रहरी नायब उपरिक्षक भोजराज पाण्डेले बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकृत प्रहरी नायब उपरिक्षक पाण्डेका अनुसार मिटरब्याजमा लगाई स्थानियवासीहरुलाई ठगि गरेका अन्य तीन जना सुनिल बनियाँ, सुरेश बनियाँ र सुजित बनियाँ भने फरार रहेका छन । गिरफातार गरिएका बनियाँलाई थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो कार्यालय काठमाण्डौ पठाईएको छ ।
अहिले सम्म नवलपरासीमा मिटरब्याज लगाई ठगी गरेको आरोमा १०८ जनाले जिल्ला प्रशासन कार्यालय परासीमा उजुरी गरेको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।