टीकाराम अधिकारीर ,गल्याङ – गल्याङ नगरभित्रका विविध पक्षहरुमा सरोकारवालाहरुसँग छलफल गरिएको छ । कार्यक्रममा गल्याङ नगर क्षेत्र भित्रका खानेपानी, सरसफाई, फोहोर व्यवस्थापन, यातायात व्यवस्थापन तथा समग्र बजार व्यवस्थापन लगायतका बिषयमा छलफल गरिएको हो । कार्यक्रममा बोल्दै गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले गल्याङ नगरलाई के कसरी समृद्व नगर बनाउन सकिन्छ, सबै राजनीतिक दल, संघ संस्था र सरोकारवाला निकायको राय सल्लाह लिएर मात्रै नगरपालिका अगाडि बढ्ने बताउनु भयो । सबैको साथ,सहयोग र सकरात्मक भावनाले सबैले सहयोग गरे मात्रै पालिकाको विकास सम्भव भएको नगर प्रमुख भट्टराईको भनाई छ । उहाँले भन्नुभयो,‘हामीहरु नगरवासीको साथ र सहयोगले मात्रै अगाडि बढ्नेछौं’
छलफलमा उठेको प्रश्न र जिज्ञासाको सम्बोधन गर्दै नगर प्रमुख भट्टराईले स्थानीय साधन स्रोतको सहि रुपमा परिचालन गर्दै नगरको विकासका लागि प्रदेश र संघसँग समन्वय गरेर विकास प्रक्रियालाई अगाडि बढाउने बताउनु भयो । कार्यक्रममा गुठी संस्थानका अध्यक्ष पुण्य भूषाल, नगर उपप्रमुख हेमा न्यौपाने गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, नेपाली काँग्रेस पार्टी प्रतिनिधि महेन्द्र श्रेष्ठ, नेकपा एमाले पार्टी प्रतिनिधि दान बहादुर थापा, नेकपा माओवादी पार्टी प्रतिनिधि चित्र बहादुर राना, गल्याङ नगरपालिका वडा नं।३ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराई, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद अर्याल,गल्याङ चेम्बर अफ कमर्शका अध्यक्ष गंगा प्रसाद श्रेष्ठ, गल्याङ ट्राफिक प्रहरी प्रमुख कुमार शर्मा, शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख केदार राज आचार्य लगायतले गल्याङ नगरपालिका भित्रका समस्या र समाधानका विषयमा आआफ्ना भनाई राखेका थिए । कार्यक्रममा फोहोर मैला व्यवस्थापनको सम्बन्धमा शिब गाहा, पदम अर्याल,गल्याङ नगरपालिकाका इन्जिनियर प्रज्वल गिरीले विकास निर्माणको सन्दर्भमा जानकारी गराएका थिए ।












