जिन्कोमिन डिटी औषधि बिक्रीवितरणमा रोक

प्रकाशित मिति:

काठमाडौं, भदौ १२ – औषधि व्यवस्था विभागले जिन्कोमिन डिटी नामक औषधि गुणस्तरहीन रहेको भन्दै बिक्रीवितरणमा रोक लगाएको छ।विभागले आज आइतबार सूचना जारी गरेर धादिङको खानेखोलास्थित नोभा जेनेटिक प्रालिले उत्पादन गरेको जिन्कोमिन डीटी नामको चक्की औषधि बिक्रीवितरणमा विभागले रोक लगाएको हो।

औषधि व्यवस्था विभागबाट बजार अनुगमनका क्रममा सो औषधिको नमुना परीक्षण गर्दा मापदण्ड पूरा नभएको पाइएकाले औषधि ऐन २०३५ को दफा १४ बमोजिम सो औषधि बिक्रीवितरणमा रोकेर बजार गइसकेका औषधि तुरुन्त फिर्ता गर्न विभागले निर्देशन दिएको हो। ब्याच नम्बर जेडिटी२–२८ रहेको उक्त औषधि किनबेच नगर्न सम्बन्धित सबैलाई विभागले आग्रह गरेको छ।