इन्डोनेसियामा सुनामी : फेरी आउने संभावना

प्रकाशित मिति:

एजेन्सी

इन्डोनेसियाको क्राकातोए ज्वालामुखी सक्रिय अवस्था रहेकाले फेरि नयाँ सुनामी आउन सक्ने चेतावनी दिइएको छ । शनिबार राति क्राकातोए ज्वालामुखी बिस्फोट भएपछि समुद्रमुनि गएको पहिरोका कारण सुनामी गएको थियो ।

फेरि नयाँ सुनामी आउन सक्ने भन्दै तटीय क्षेत्रबाट सुरक्षित स्थानमा सर्न सर्वसाधारणलाई भनिएको छ । शनिबार राति गएको सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा बढी प्रभाव परेको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या २२० नाघेको छ ।

अहिलेसम्म कम्तिमा २२२ जनाको ज्यान गएको इन्डोनेसियाको विपद व्यवस्थापन एजेन्सीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । ज्वालामुखी बिस्फोट भएका कारण आइल्याण्डसँग जोडिएको समुद्री क्षेत्रमा पानिमुनि पहिरो गएको हो । जसले गर्दा सुनामी आएको हो।