एनआरएनए अमेरिकाका अध्यक्ष वुद्धि सुवेदी बाल्टिमोरमा

प्रकाशित मिति:

एनआरएनए अमेरिकाका अध्यक्ष वुद्धि सुवेदी बाल्टिमोर पु्गेका छन् । मेरिल्याण्डको बाल्टिमोरमा यहि ३ देखि ५ तारिखसम्म हुने रुप स्मृती एण्ड साथी कप २०२२ क्रिकेट टुर्नामेन्टको लागि सुवेदी बाल्टिमोर पुगेका हुन् । एनआरएनए अमेरिकाले बाल्टिमोरको चर्चित संस्था साथी बाल्टिमोरसंग मिलेर यो टुर्नामेन्टको आयोजना गरेको हो ।

एयरपोर्टमा सुवेदीलाई एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थ, साथी बाल्टिमोरका अध्यक्ष रमेश भट्ट नेपाली छोरो, एनआरएनए अमेरिकाका सचिव अनुप खनाल लगायतले स्वागत गरेका थिए । सुवेदीले बाल्टिमोरमा रहदा एनआरएनए अमेरिकाको आफ्न भवन खरिद गर्ने बिषयमा यहांका सामाजिक अभियन्ता र व्यवसायीहरुसंग परामर्श गर्ने बुझिएको छ ।केहिदिन अगाडी नेप्लिज डायस्पोरासंगको लाईभ कार्यक्रममा अध्यक्ष सुवेदीले यो जानकारी दिएका थिए ।टुर्नामेन्टको सम्पूर्ण तयारी सकिईसकेको साथी बाल्टिमोरले जनाएको छ ।

थप समाचार