अहिलेका शक्तिशाली फिल्ममेकर्स हुन् दीपकराज गिरी र दीपाश्री निरौला । ‘६ एकान ६’, ‘वडा नम्बर ६’ र ‘छक्का पञ्जा’ का तीनै सिरिज ‘बल्कबस्टर’ दिएका उनीहरु अब नयाँ फिल्मको तयारी जुटेका छन् । यस वर्ष प्रदर्शनमा आएको ‘छक्का पञ्जा ३’ को सफलतापछि उनीहरु अर्को वर्षका लागि नयाँ नाममा फिल्म निर्माण गर्दैछन् । गएको तीन वर्षदेखि दीपक-दीपा टिमले ‘छक्का पञ्जा’ का सिरिज निर्माण गर्दै आइरहेका थिए । यसपटक नयाँ नाममा नयाँ ब्यानरसँग सहकार्य गरेर फिल्म बनाउँदैछन् । यो टिमसँग ‘गाजलु’ निर्माता रोहित अधिकारीले सहकार्य गर्ने भएका छन् । चैत अन्तिम साताबाट फ्लोरमा जाने गरि अहिले स्क्रिप्टमा काम भइरहेको छ ।
कथा तथा दीपकराज गिरीको रहने फिल्म रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजको ब्यानरमा बन्नेछ । फिल्ममा निर्माता अधिकारीको एकल लगानी रहनेछ । तर, मुनाफाको ४० प्रतिशत शेयर दीपक९दीपाले लैजाने सहमती भएको स्रोत बताउँछ्रुलगानी एकल भए पनि शेयर बाँडफाँड बराबपटकथा र नै हुन्छ । मुनाफाको बाँडफाँड दुवै टिमलाई ५०र५० प्रतिशत हुनेछ ।ु उनले फिल्मलाई दीपाश्रीले निर्देशन नगर्ने पनि स्पष्ट पारे । उनी भन्छन्, ुनिर्देशक फाइनल भइसक्नु भएको छ । चाँडै सरप्राइज दिन्छौं ।ु स्रोतका अनुसार, दीपकराजले फिल्म निर्देशन गर्नेछन् । रोहित यो कुरामा पनि सत्यता नभएको बताउँछन् । उनी भन्छन्, ुकथा र पटकथा उहाँको हो । प्रमुख अभिनय पनि उहाँको नै हुनेछ । तर निर्देशन उहाँले गर्नुहुन्न ।ु उनका अनुसार, फिल्ममा दीपकराज र केदार घिमिरे कलाकारको रुपमा फाइनल भइसकेका छन् । अहिले फिल्मका लागि अभिनेत्रीको खोजी भइरहेको छ । फिल्ममा नयाँ वा चलेका अभिनेत्री जो पनि हुनसक्ने निर्माता अधिकारीले बताए । निर्माता अधिकारीसँग सहकार्य गर्न लागेको कुरा निर्माता तथा कलाकार दीपकराजले पनि स्विकार गरेका छन् । फिल्मको नाम भने गोप्य राखिएको छ ।













