बिहीबारदेखि दाङमा नियमित उडान हुने

प्रकाशित मिति:

पुस १०, २०७५ दाङ – नियमित हुन नसकेको दाङको टरिगाउँ विमानस्थलमा बिहीबारदेखि दैनिक हवाई सेवा सञ्चालन हुने भएको छ । पुस १२ गतेदेखि तुलसीपुरमा दैनिक हवाई सेवा सञ्चालन हुने नेपाल वायु सेवा निगमका प्रवक्ता विजय लामाले जानकारी दिनुभयो विभिन्न कारण देखाउँदै पटकपटक सञ्चालन हुने र बन्द हुने गरेको टरिगाउँ विमानस्थल पुस १२ देखि सञ्चालनमा आउने तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले जानकारी दिनुभयो । विमानस्थलमा आधुनिक यात्रु प्रतिक्षालय ९टर्मिनल भवन० पनि बन्ने उपमहानगरपालिकाले जनाएको छ ।