काठमाडौं, मंसिर ६ – गत स्थानीय तहमा वडा अध्यक्षमा पराजीत भएका नम्डु गुरुङ प्रदेश सभा सदस्यमा बिजयी भएका छन् ।मुस्ताङ प्रदेश सभा क बाट नेपाली कांग्रेसका उम्मेदवार रहेका गुरुङले नेकपा एमालेका इन्द्र धारा डादु विष्टलाई पराजीत गरेका हुन् । गुरुङले १ हजार ४८ मत पाउँदा बिष्टले ७९३ मत पाए ।
यसअघि बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गुरुङ लोमान्थाङ गाउँपालिका वडा नं ४ बाट वडा अध्यक्ष पदमा पराजीत भएका थिए । अध्यक्षमा गुरुङले ९९ मत पाउँदा छिरिङ धिण्डु गुरुङले १२६ मतका साथ बिजयी भएका थिए । यसअघि २०७४ सालको प्रदेश सभा निर्वाचन बिजयी भएका एमालेका बिष्ट यसपटक भने पराजीत बनेका हुन् ।












