२८ हजार बढी मतान्तरसहित झापा ५ मा एमाले अध्यक्ष ओली निर्वाचित

प्रकाशित मिति:

झापा, मंसिर ७ : झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन्।ओली ५२ हजार ३ सय १९ मतसहित निर्वाचित भएका हुन्।उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी २३ हजार ७ सय ४३ मत ल्याएर पराजित भएका छन्।

ओलीले २८ हजार सात सय ४३ मतान्तरले चुनाव जितेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश पोखरेलले ११ हजार सात सय ४९ मत ल्याएका छन्।