१२ वर्षमा दशौं लाख नेपालीहरुलाई सुनियोजित ढंगबाट धर्म परिवर्तन गराइयोः कमल थापा
पुस १०, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले परिवर्तनलाई संस्थागत गर्ने नाममा जनताको अभिमत बिना नेपालीको राष्ट्रिय पहिचान ‘हिन्दु राष्ट्र’ लाई समाप्त पारी धर्म निरपेक्ष बनाएर गरिएको त्रुटीलाई राजनीतिक रुपमा नै सच्याउनुपर्ने भएकोले राप्रपाले हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रको पुनस्र्थापनाका लागि अभियान सञ्चालन गरेको बताएका छन् । नेपाल सनातन धर्म संस्कृति संगठनद्वारा आयोजित काठमाडौं जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सनातन मूल्य र मान्यताको आधारमा शासनसत्ता सञ्चालन हुनुपर्छ भन्ने मान्यता राख्दै राप्रपाकै नेतृत्वमा नेपालीहरुको पहिचान ‘हिन्दु राष्ट्र’ पुनस्र्थापना गराएरै छाड्ने प्रतिबद्धता व्यक्त ग परिवर्तनका नाममा शासनसत्ता सुरु भएको १२ वर्षमा दशौं लाख नेपालीहरुलाई सुनियोजित ढंगबाट धर्म परिवर्तन गराइएको प्रशंग उल्लेख गर्दै अध्यक्ष थापाले यो हदले सिमा नाघेपछि हुन सक्ने आन्दोलनले मुलुकलाई पु¥याउने क्षतीको बारेमा बेलैमा सचेत भई हिन्दु राष्ट्र पुनस्र्थापनाका बारेमा सोच्न सबै राजनीतिक दलहरुलाई आग्रह समेत गरे ।
अल्पसंख्यकलाई खुशि बनाउने नाममा ९४ प्रतिशत वहुसंख्यकको आस्थामा खलल पु¥याएर नेपाललाई पश्चिमाहरुको सास्कृतिक उपनिवेश बनाउनेतर्फ सहयोग पु¥याउन उद्यत केही राजनीतिक दलहरुलाई कमजोरी सच्याउने अवसर आइसकेको बताउँदै अध्यक्ष थापाले यसैको तयारी स्वरुप राप्रपाले आगामी फागुन ७ गतेदेखि जनसंघर्षका कार्यक्रम अगाडि सारेको स्पष्ट पारे । पार्टीको भातृ संगठन ‘नेपाल सनातन धर्म संस्कृति संगठन’ले स्थापनाको छोटो समयमा नै संगठनलाई मजबुद बनाउँदै लगेकोमा धन्यवाद दिंदै अध्यक्ष थापाले फागुन ७ देखि सुरु हुने जनसंघर्षका कार्यक्रम सफल पार्न नेपाल सनातन धर्म संस्कृति संगठनको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे । नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पार्टीका नेता तथा प्रतिनिधीसभाका सांसद राजेन्द्र लिङदेन, समाजसेवी एवं राजनीतिज्ञ दीर्घराज प्रसाईं, पण्डित लेखनाथ नेपाल, आचार्य ज्योतिष बालचन्द्र अधिकारी, नेपाल सनातन धर्म संस्कृति संगठनका महासचिब आचार्य सुजन अधिकारी लगायतले आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो भने स्वागत मन्तव्य सुजन शास्त्री पराजुलीले राखे । सो भेलाले आचार्य बालचन्द्र अधिकारीको संयोपकत्वमा नेपाल सनातन धर्म संस्कृति संगठन काठमाडौं जिल्ला समन्वय समिति समेत गठन गरेको छ ।












