जनकपुरधाम, पुस ९ – पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना गरेका छन्।पूर्वराजा शाहले शनिबार बिहान जानकी मन्दिर पुगेर पूजाअर्चना गरेका हुन्।सो क्रममा उनलाई मन्दिरमा महन्थ, साधुसन्त र हजारौं समर्थकले समर्थकहरुले स्वागत गरेका थिए भने शाहले समर्थकसँग पनि कुराकानी गरेका थिए।
पूर्वराजा ज्ञानेन्द्र जानकी मन्दिर पुगेपछि समर्थकहरुले ‘राजा आउ, देश बचाउ’ नारा लगाएका छन् । शाह तीनदिने धार्मिक भ्रमणका लागि बिहीबार जनकपुरधाम पुगेका थिए। जानकी मन्दिरले पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि रेट कार्पेट बिच्छाइएको थियो। उनी परिवारसहित शुक्रबार जनकपुरधाम आएका थिए।












