गल्याङ नगरपालिकाको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउँदै जनताको शुख दुःखमा सधै साथमा हुने र जनताको दैनिकीलाई सहज बनाउने अभियानमा निरन्तर लागि परेको कुरा गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले बताउनु भयो ।बिहिबार स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.६ पिडीखोलामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविर तथा जेष्ठ नागरिक स्वास्थ्य सेवा शिविरको उद्घाटन गर्दै सो कुरा बताउनु भयो ।
नगर प्रमुख भट्टराईले भन्नु भयो दुरदराजका जनताको दैनिकीलाई सहज तथा नगरपालिकाले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउने र उपचारका लागि गल्याङ नगर सदरमुकाम सम्म जान आउन नसक्ने र आर्थिक अभावका कारण स्वास्थ्यको पहुँच सम्म पुग्न नसक्नेहरुका लागि सहज रुपमा सेवा पु¥याउने उदेश्यले शिविरको आयोजना गरेको कुरा बताउनु भयो ।नगर प्रमुख भट्टराईले भन्नु भयो ।सामान्य योजनाका लागि उपभोक्ताले झेल्नु परेको समस्याहरुको बारेमा विगतका दिनमा गुनासाहरु आएकाले टोल बस्तीहरुमा यस्ता कार्यक्रम सञ्चालन गर्नु परेको कुरा बताउनु भयो ।उहाँले भन्नु भयो नगरपालिकाले प्रदान गर्ने सबैखाले सेवा जनताले आफ्नो घरआगनमा पाउँदा खुशी भएको बताउदै भोलिका दिनमा जनताको जीवन स्तरवृद्वि गर्ने पक्षमा आफू लागेको कुरा बताउनु भयो ।शिविरमा योजना सम्झौता देखि लिएर बैक खाता खोल्ने, स्वास्थ्य उपचार ,विउविजन लगायत नगरपालिकाले प्रदान गर्ने सेवा स्थानीयले लिनु भएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपानेले भन्नु भयो जनताले अपेक्षा गरेअनुरुपको सेवालाई जनताका माझ पु¥याउने अभियानमा आफूहरु लागेको कुरा बताउनु भयो । उहाँले भन्नु भयो समाजमा रहेका जेष्ठ नागरिक महिला बालवालिकाको हितमा रहेर कार्य गर्ने कुरा बताउनु भयो ।कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले भन्नु भयो गल्याङ नगरपालिकाले पहिलो पटक एकीकृत घुम्ती शिविर सञ्चालन गरेकोमा नागरिक अत्यान्तै खुशी भएको र सेवा लिनु भएको प्रति धन्यवाद दिनु भयो ।उहाँले भन्नु भयो योजना सम्झौताका लागि सदरमुकाम गल्याङ जानु पर्ने र सामान्य समस्या आए फरि वडामै फर्किनु पर्ने र उपभोक्ताले सास्ती भोग्नु पर्ने समस्याको समाधानमा समेत ठूलो टेवा पुगेको कुरा बताउनु भयो ।स्वास्थ्य शिविरमा डाक्टर विश्वराज श्रेष्ठ, दुर्गा प्रसाद भट्टराई, लक्ष्मी न्यौपाने, गोमा सारु, नर्स अनु राना, विर्सना थापा,स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद ओलीको नेतृत्वमा गएको टोलीले सम्पूर्ण रोगहरुको चेकजाच तथा निःशुल्क ओषधि वितरण गरेको शिविरमा ३ सय ६० जनाले सेवा लिनु भएको थियो ।कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.६ का वडाअध्यक्ष दिप गुरुङ (छिरिङ)ले आफ्नो वडाभित्रका नागरिकलाई वडामै सेवा सुविधा उपलब्ध गराउन आउदा खशी लागेको कुरा बताउनु भयो ।












