कमल चौधरी २० पुस, कपिलवस्तु । थारु समुदायको संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस बर्ष पनि बाणगंगा नगर स्तरीय माघी महोत्सव हुने भएको छ । विशेषगरी पछिल्लो समय नेपाली समाजमा छुट्टै पहिचान बनाउँन सफल यस थारु समुदायको महान पर्व माघी लाई निरन्तरता दिदै माघी महोत्सव हुने थारु कल्याणकारी सभा कपिलवस्तुका सभापति उमाशंकर थारुले बताए । उनले थारु समुदायको नव बर्ष माघीलाई निरन्तरता दिदै माघ २, ३ र ४ गते चौथों बाणगंगा नगर स्तरीय माघी महोत्सव यस बर्ष कपिलधाममा मनाउन लागेको जनकारी समेत दिए ।त्यस्तै महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीको प्रदर्शनी र थारु खानाका परिकार कक्षा रहनेछन् । महोत्सवमा थारु जातिका विभिन्न नाच तथा झाँकीको प्रदर्शनी समेत गरिनेछ । साथै महोत्सव अवधिभर थारु संस्कृति झल्कने झुमरा, झर्रा, बड्का नाच, लाठी नाच, मयूर नाच, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता हुने छन् भने महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति समेत रहने संस्कृतिक समितिका संयोजक ऋषिराम थारुले बताए । त्यस्तै माघी पर्वको पूर्वसन्ध्यमा माघ २ गते बृहत रक्तदान कार्यक्रमको अयोेजना समेत गरिने भएको छ । भने माघी महोत्सवमा यस बर्ष बयोबृद्धहरुलाई सम्मान कार्यक्रमको अयोजना गरिने अध्यक्ष नाथु राम थारुले जनकारी दिनुभयो ।