कम्बोडियामा ज्यान गुमाएका निराकार पाण्डेका बुवासँग प्रधानमन्त्री प्रचण्डको भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गरेका छन् । प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाई पाण्डेसँग भेट गरेका हुन् ।
भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको र उनको शव नेपाल ल्याइ परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गरेका थिए ।गत बिहीबार राति कम्बोडियामा आगलागीमा परी झापा घर भएका निराकारको निधन भएको थियो ।












