श्री बहुउद्देश्यीय सहकारी सस्था लि को ३४अौ बार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति:

श्री बहुउद्देश्यीय सहकारी सस्था लि को ३४अौ बार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा तिलोत्तमा नगरपालिका मेयर राम कृष्ण खाणले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख राम कृष्ण खाणले सहकारीहरुमा जम्मा भएका पैसा निकालि घर बेबार मिलाउन घुम्न रमाइलो गर्न ,घरजग्गा किन्न प्रयोग नगरी आय आर्जन हुने खालका कार्यहरुमा प्रयोग गर्न अनुरोध गर्नु भयो।सहकारी समायोजनको कुरामा नगरपालिकाले गर्नुपर्ने कुनै कसर बाकी नराख्ने पनि प्रतिबद्धता प्रमुख खाणले जनाउनु भयो।

साधारणसभामा ज्येष्ठ सेयर सदस्यहरु लाइ संस्थाले , प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ ।राष्टिय सहकारी बैकका संचालक माधब लाल देवकोटाले सहकारिको महत्व दर्शाउदै बचत गर्ने बानिको बिकास गर्दै , सुख दुःखकोसारथि बन्ने सहकारि र सहकार्यको माध्यमबाट देश र जनताको बिकास सम्भव भएको उल्लेख गर्नु भयो।संस्थाका निवर्तमान अध्यक्ष तथा तिलोत्तमा वडा नं ६ का अध्यक्ष गणेष पाठकले आफूले राजिनामा दिएर अध्यक्ष पद छोडेता पनि सधैसहकारिको बिकास र शेयर सदस्यको लगानिको सुरक्षाको बिषयमा सधै लागि पर्ने प्रतिबद्धता जनाउनु भयो ।निर्वतमान अध्यक्ष किसोर सुवेदी सल्लाहाकार ,ईन्दिरा तामाङ,सेयर सदस्य राज कुमार वाग्ले , लगायतले सहकारीलाई शुभकामना दिनुभएको थियो। कार्यक्रम संस्थाका अध्यक्ष होम पौडेलको अध्यक्षता , विजेस न्यौपाने को संचालन र सदस्य डोलराज बस्यालको स्वागत मन्त्वयमासम्पन्न भएको थियो ।